उज्यालो प्रेसका सम्पादक कोइराला सम्मानित

भोजपुर । भोजपुरमा रहेर निरन्तर पत्रकारिता गर्दै आइरहेका उज्यालो प्रेसका सम्पादक तथा कोसी अनलाइनका भोजपुर संवाददता निरोज कोइराला सम्मानित भएका छन् ।

जिल्लाको समग्र उद्योगी, व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध, आन्तरिक पर्यटन प्रवर्द्धन र जिल्लाको विकासलाई सञ्चारमाध्यममार्फत उजागर गरेको भन्दै पत्रकार कोइरालालाई भोजपुर उद्योग वाणिज्य सङ्घले आफ्नो साधारण सभा तथा जिल्ला अधिवेशनका क्रममा बिहीबार सम्मान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले पत्रकार कोइरालालाई सम्मान गरेका थिए ।

पत्रकार कोइरालाले करिब २२ देखि भोजपुरमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गर्दे आइरहेका छन् । सो क्रममा व्यवसायीहरू प्रजिता श्रेष्ठ, बद्रीकुमार श्रेष्ठ, जानुका बानियाँ, बद्री श्रेष्ठ, शिवकुमार श्रेष्ठ, बमबहादुर श्रेष्ठ, सुरेन्द्र बललगायतलाई समेत वाणिज्य सङ्घले सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार