संखुवासभामा गठबन्धन हुँदैन जिल्ला सभापति खड्का

संखुवासभा । कांग्रेस र माओवादी केन्द्रबीच भागबण्डामा कुरा नमिलेपछि संखुवासभामा पाँच दलीय गठबन्धन नहुने अवस्था आएको गठबन्धनका जिल्ला संयोजक तथा कांग्रेस सभापति दीपक खड्काले बताएका छन् । पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेको उनले बताए ।

खाँदबारीमा ४ दिनसम्म गठबन्धनको बैठक बसेको थियो । बुधबार बेलुकीको बैठकमा भागबण्डा मिलेपछि बिहीबार बिहान सहमति पत्रमा हस्ताक्षर गरी सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर नेकपा माओवादी केन्द्रले अन्तिम समयमा सहमतिमा हस्ताक्षर गर्न नमानेपछि संखुवासभा जिल्लामा गठबन्धनको सम्भावना समाप्त भएको सभापति खड्काले बताए । नेकपा माओवादी केन्द्र बाहेकका अन्य दलहरूसँग भने गठबन्धन हुनेरनहुनेबारे कुनै निर्णय नभएको उनले बताए ।

संखुवासभामा १० स्थानीय तह छन् । त्यमध्ये कांग्रेसले २ नगरसहित ३ गाउँपालिका र एमालेले ३ नगरसहित २ गाउँपालिका जितेको थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार