भोजपुरको अरुण गाउँपालिकामा एमालेको अध्यक्षमा घिमिरे र उपाध्यक्षमा राई

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा नेकपा एमालेले अअध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भोजपुरले उनीहरुलाई निविरोध रुपमा सिफारिस गरेको हो ।

अध्यक्ष पदका उम्मेदवार मिमिरे २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसका गजेन्द्रबहादुर कार्कीसँग अध्यक्षमा पराजित भएका थिए । कार्कीले दुई हजार सात सय २७ मत ल्याउँदा घिमिरेले दुई हजार एक सय २६ मत प्राप्त गरेका थिए । यहाँ माओवादीबाट अध्यक्षमा उठेका विमल खड्का एक हजार चार सय २० मत ल्याएर तेस्रो भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार