टेम्केमैयुङ गाउपालिकामा गठवन्धनले जित्ने सुनिस्चित छ : बस्नेत

भोजपुर । टेम्के मैयुङ गाउपालिका गठवन्धनका अध्यक्ष पदका उम्मेद्वार सराेज वस्नेतले टेम्केमैयुम गाउपालिकामा गठवन्धनले चुनाव जित्ने वताएकाछन् । जनताका जनजिवन लाई वुझेर आवश्यकता अनुसारका विकास र सम्मृद्दिका लागि गठवन्धनले निर्वाचन जित्ने वताएकाहुन् । गाउपालिकाकाे वडा नं १ तिम्माकाे चुनावि सभालाई सम्वाेधन गर्दै गठवन्धन पार्टिका अध्यक्ष पदका उम्मेद्वार वस्नेतले संविधानकाे रक्षार्थ आर्थिक सवलता र स्थानियतहकाे विकासकाे लागि गठवन्धनका उम्मेद्वारलाई विजय गराउनु पर्ने वताए ।
गठवन्धन पार्टिका अध्यक्ष पदका उम्मेद्वार वस्नेतले भने “केही लिन भन्दा पनि केही दिनकालागि पालिका उम्मेद्वार वनेकाे हुँ, टेम्केमैयुम गाउँपालिकामा अब कुनैपनि हालतमा एमालेले जित्न सक्दैन” ।
आफू विजयि भएपछि वडाका आधारमा नभएर भुगाेलकाे आधारमा वजेट विनियाेजन र विकासका गतिविधिहरु अगाडि वढाउने वताए । सडक, पर्यटनलाई प्राथमिकतामा राखेर पाच वर्षकाे कार्यकालमा जनताले महसुस गर्ने गरि काम गरिने वताए ।
स्थानियकाे माग र आवश्यकतालाई पहिचान गरि पालिकाकाे वजेटले भ्याउने पालिकालेनै विकास गर्ने यदि पालिकाकाे क्षमता भन्दा वाहिरका याेजनाहरुलाई प्रदेश र केन्द्रमा पनि गठवन्धनकै सरकार वन्ने भएकाले उचित पहल गरि जनताका भावना र मर्मलाई सम्वाेधन गरिने वताए । फरक प्रसंगमा गठवन्धन पार्टिका अध्यक्ष पदका उम्मेद्वार वस्नेतले भने चुनाव केन्द्रित भएर गठवन्धन वाहिरका उम्मेद्वारहरुले भाेट माग्नका लागि विभिन्न प्रलाेभन देखाई नाटकिय शैलिमा घरदैलाेमा आउने भएकाले विकास र समृद्दिका लागि काम गर्ने शृजनसिलतालाई पहिचान गरि मतदान गर्न आग्रहगरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार