टेम्केमैयुङ गाउँपलिकाको समग्र विकासकै लागि गठबन्धन भएको हो : बस्नेत


भोजपुर । आसन्न स्थानीय तहको निर्वाचनमा टेम्केमैयुङ गाउँपलिकाको समग्र विकासकै लागि गठबन्धन भएको अध्यक्ष पदका उमेदवार सरोज बस्नेतले बताएका छन् । शुक्रबार टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको काुंङकाुङमा भएको टोल भेला तथा छलफल कार्यक्रममा बस्नेतले गठबन्धनलाई विजयी गराउन आग्रह गरेका हुन् । बस्नेतले गठबन्धनलाई मत दिई विजयी गराए ५ वर्षमा समृद्ध गाउँपालिका बनाएर जनताई सुम्पने बताएका छन् ।
यस्तै उक्त कार्यक्रममा पालिकाको उपाध्यक्ष पदको उमेदवार इन्द्रावती राईले टेम्केमैयुङ गाउँपालिकाको समग्र विकासका लागि गठबन्धनको जित सुनिस्चित रहेको बताएकी छिन् । उनले टोल भेलाई सम्बोधन गर्दै गठबन्धनको लहर छाएकोले जित सुनिस्चित रहेको दावी गरिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार