एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही घाइते

पाल्पा । रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमाले र सत्ताधारी गठबन्धनका युवाहरुबीच झडप हुँदा केही घाइते भएका छन् । चुनाव प्रचार प्रसारको क्रममा रहेको गठबन्धनको कार्यक्रमलाई एमालेका युवाहरुले विथोल्ने प्रयास गरेपछि झडप भएको थियो ।

एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम तथा आमसभा कार्यक्रम वडा नं १० मा सञ्चालन गरेको थियो । गठबन्धनले पनि घरदैलो कार्यक्रम टोलहरुमा अभियान सञ्चालन गरिरहेको थियो ।

गठबन्धन र एमालेको प्रचार प्रसार टोलीबीच भेट हुन नदिन समन्वय गर्दा गर्दै एमालेका कार्यकर्ताहरु गठबन्धन भएको स्थानमा पुगेर कुटपिट गरेको गठबन्धनका स्थानीय युवा राजु गुरुङले जानकारी दिए ।

एमालेले बिहानैदेखि पटक पटक गठबन्धनको प्रचारलाई विथोल्ने प्रयास गरेको थियो । मिलाउने प्रयास गर्दा गर्दै प्रचार प्रसारको क्रम रहेको गठबन्धनका डिल्लीराज न्यौपानेलाई कुटपिट गर्नुका साथै अन्यलाई दुर्व्यबहार गरेको उनले जानकारी दिए ।

त्यस पश्चात सिको डाँडामा एमालेले आयोजना गरेको घरदैलो अभियानका टोलीहरुसँग भेट भएपछि झडप भएको हो । झडपका क्रममा रामपुर नगरपालिका १० होस्दीका जीवन परियार घाइते भएको गुरुङले बताए ।

झडपका क्रममा प्रचार प्रसारमा प्रयोग गरिएका सवारी साधनमासमेत क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार