एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज पाण्डे कांग्रेसमा प्रवेश

भोजपुर । एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज कोपिला पाण्डे नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । विहिवार भोजपुर नगरपालिकाको वडा नं. ३ र ४ को संयुक्त चुनावी सभा कार्यक्रममा पाण्डे एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेकी हुन् । उनी संगै लोक बहादुर प्रधान, विष्णुमाया कार्की र श्याम प्रधान एमाले परित्याग गरि कांंग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश संगै उनीहरुले उनीहरुले वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काङग्रेसलाई रुख चिन्हमा मतदान गर्दै अरुलाई पनि आह्न गरि गठबन्धनलाई विजयी गराउने बताएका छन् ।

आशन्न बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा नगरपालीका मेयर पदका लागी कैलाश कुमार आले, उपमेयरमा ममिता राई, वडा नं ४ को वडाध्यक्षका लागी गिरेन्द्र खड्का सदस्यहरु कमल खड्का, भोलामान सुनुवार, चन्द्रकला प्रधान र रोमादेवी मंग्रातीको उमेद्वारी रहेको छ ।

अब गठबन्धनको नेत्रित्वले मात्र नगरपालिकाको विकास र समृद्धि सम्भब भएको भन्दै गुप्तेश्वर र सिद्धश्वरबासी गठबन्धनलमई मतदान गर्न आतुर रहेको स्थानीय बासीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार