भाेजपुरकाे वाेया स्थित बिहिबारे बजारमा भिषण आगलागि : आगो नियन्त्रण भन्दा बाहिरा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको विहिवारे बजारमा भिषण आगालागी भएको छ । आगालागी हुदा ३ घर जलेर नष्ट भएका छन् भने आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणमा नआए पछि भोजपुरबाट दम्कल पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । आगालागी भएको स्थानमा प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिन खेजे पनि नियन्त्रणमा ल्याउन सकिरहेका छैनन् ।

आगालागिबाट तीन घर पुर्ण रुपमा नष्ट भएको र अन्य क्षतीको विरण भने आउन सकेको छैन । आगो नियन्त्रणका लागि भोजपुरबाट दम्कल हिडेको ४० मिनेट भैसकेको छ ।

अहिले सम्म खेममणि तामाङको १ घर तथा पसल र डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको १ घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएकोछ त्यसै गरि अन्य घरहरू पनि उच्च जोखिममा रहेकाछन् तर अझै सम्म पनि आगो नियन्त्रण हुन सकेको छैन स्थानिय बासिले आगो नियन्त्रणमा लिने कोशिष गरिरहेका छन् भने अहिले सम्म आगलागिको कारण खुल्न सकेको छैन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार