भोजपुरको विहिवारेमा आगालागी हुदा ४ घरसंगै पसलहरु जलेर नष्ट, आगो अझै नियन्त्रणमा आउन सकेन

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको विहिवारे बजारमा आगालागी हुदा ४ घर जलेर पुर्ण रुपमा नष्ट भएको ।

अहिले सम्म खेममणि तामाङको १ घर तथा पसल र डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको १ घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएकोछ त्यसै गरि अन्य घरहरू पनि उच्च जोखिममा रहेकाछन् तर अझै सम्म पनि आगो नियन्त्रण हुन सकेको छैन स्थानिय बासिले आगो नियन्त्रणमा लिने कोशिष गरिरहेका छन् भने अहिले सम्म आगलागिको कारण खुल्न सकेको छैन । अग्नी नियन्त्रक अझै घटना स्थलमा पुग्न सकेको छै न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार