भोजपुरमा आगालागी हुदा एक बालिकाको मृत्यू दुई गम्भीर घाईते

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको विहिवारे बजारमा भएको भिषण आगालागिबाट एक बालिकाको मृत्यू भएको छ । मृत्यू हुनेमा अनुमानित अढाई वर्षकी रेश्मा तामाङ रहेकी छिन् ।

उनी घरमा सुतीरहेको बेलामा आगालागी भएपछि उनलाई उद्धार गर्न नसकेको झंक बहादुर रोक्का ले बताए । उनका वुबा वर्ष २८ का खेममणी तामाङ र आमा वर्ष २३ की मीना तामाङ गम्भीर घाईते भएका छन् ।

घाईते उनीहरुलाई धारान स्थीत विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाईएको स्थानीय जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष राजकुमार राईले बताए ।

उनीहरु जलेर गम्भीर घाईते भएका छन् । खेममणी तामाङको पसलबाट सुरु भएको आगोले आफ्नैे घर र पसल, डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको एक घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएकोछ । घटना स्थलमा प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार