विकास प्रेमी र जनताका लोकप्रिय नेता हुन कैलाश आले

भोजपुर । भोजपुर नगरपालिकाका मेयरका उमेद्वार केलाश कुमार आले विकास प्रेमी नेता हुन । उनले ५ वर्षका आफ्नो कार्यकालमा धेरै विकास निर्माणका कामहरु गरेका छन् । नेकपा एमालेले ३० वर्ष विजयी भएर एकलौटी रुपमा काम गर्दा पनि ३० वर्षमा गर्न नसकेको काम ५ वर्षे कायकालमा क.आलेले गरेर देखाएको स्थानीहरुको भनाई छ ।

चुनाव आउँदा घरदैलोमा जाने, चुनाव सकिएपछि गुप्तवास बस्ने प्रवृतीलाई समेत उनले आफ्नो कार्यकालमा अन्त्य गरेका छन् । उनी केही न केही काम लिएर जनताको घरमा पुगी जनतासंग प्रतक्ष्य सम्पर्कमा रहिरहे । पाँच बर्ष अघि भोजपुर नगरपालिकाको मेयरमा उनी निर्वाचित भएका थिए। चुनाव ताका उनले गरेका अधिकतर बाचा पुरा गरिसकेका छन्। प्रत्येक वडामा विद्युतिकरण गर्ने उनको योजनाले मूर्तरुप लिइसकेको छ। भलै केही वडाका केही स्थानमा बिजुली बल्ने क्रममा छ। तर हरेक वडामा बिजुली पुराउन उनी सफल भएका छन्। जनमुखी प्रशासन र विकास उनको सँधै प्राथमिकतामा पर्‍यो।

k dai 3.jpg

सरल स्वभावका आले पुन: भोजपुर नगरपालिकाको मेयरमा उठेका छन्। नेपाली कांग्रेसका नेता समेत रहेका आले त्यस्ता जनप्रतिनिधि हुन्, जो जनताका सुखमा रमाएका छन्, जनताका दु:खमा साथमा उभिएका छन्। मेयर पदमा निर्वाचित भएपछि उनको कार्यकाल सदरमुकामस्थित नगरपालिकाको कार्यकक्षमा गुम्सिएर बितेन। हरेक दिन कुनै न कुनैरुपमा उनी जनताका घरमा पुगिरहे।

मेयरमा निर्वाचित भएलगत्तै उनले जनतामा खुसीमा रमाउने र दु:खमा सँगै उभिने कार्यक्रमको सुरुवात गरे। ‘मलाई जनताले जिताएका हुन्। जनताको सुख र दु:खमा साथ दिनु मेरो कर्तव्य हो,’ आले भन्छन्, ‘सोही कारण म जनतामा घरमा हुने विवाह, ब्रतवन्धमा मात्र होइन शोकमा समेत पुग्ने गरेको छु।’

k dai 1.jpg

नगरपालिका क्षेत्र भित्र हुने उत्सवजन्य कार्यमा उनी निम्ता आएको ठाउँमा पुगेर छाड्छन्। तर शोक परेको ठाउँमा अनिवार्य पुग्ने उनले नीति लिएका छन्। त्यस्तो अवस्थामा उनले न पार्टी हेरेका छन्, न अरु केही। ‘म मेयरमा निर्वाचित भएपछि म साझा हुँ भन्ने भावनाका साथ काम गरेँ। पार्टी, विचार र स्वार्थ भन्दा माथि उठेर म  निरन्तर जनताको घर दैलोमा पुगेरहेँ। त्यो क्रम अहिले पनि जारी नै छ,’ उनले भने, ‘चुनाव आउँदा घरदैलो गर्ने र अरु बेला जनता नदेख्ने मेरो प्रवृत्ति होइन। अहिले पनि म मेयरको उम्मेदवार हुँ। यस्तोमा स्वभाविकरुपमा म जनताको घरदैलोमा गइरहेको छु। तर, पाँच बर्षको अवधिमा म हरेक दिन जसो जनताको घरदैलोमा पुगेकै थिएँ।’

पाँच बर्षमा नगरपालिकामा विना विवाद सन्तोषजनक काम गरेका आलेले आफ्नो दोस्रो कार्यकालमा लोकप्रिय योजना अघि सारेर चुनावी मैदानमा होमिएका छन्। खानेपानी, ढल र बिजुलीको सुबिधा जनतालाई दिइसकेकाले अब स्मार्ट सहर बनाउने उनको सपना छ। उनकै कार्यकालमा भोजपुर सदरमुकाम आसपासको भुगोललाई लक्षित गरी तिनभंगाले खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो। त्यसो त सहरी विकास, भौतिक पूर्वधान र सामाजिक विकासको पाटोमा पनि आलेले उल्लेखनिय काम गरेका छन्।

k dai 2.jpg

अहिले भने उनले अति विपन्न नागरिकलाई लक्षित गरेर योजना अघि सारेका छन्। अति विपन्न नागरिकका लागि उनले साना तर महत्वपूर्ण घोषणा गरेका छन्। उनले अति विपन्न घरधुरीका लागि खानेपानको धारा जडान निशुल्क गरिदिने योजना अघि सारेका छन्। त्यस्तै विद्युत र खानेपानीको महसुल नि:शुल्क गरिदिने उनको योजना छ।

आलेले जनस्तरबाट पाँच बर्षमा आलोचना खेप्नु परेको थिएन। जनताको आशा, विश्वास नै आफ्नो शक्ति भएको  दाबी गर्दै आएका आलेले नागरिकको अपेक्षा, आशा र सपनालाई शाकार पार्नु आफ्नो एकमात्रै लक्ष्य रहेको बताए। ‘नगरको विकास र समुन्नति नै मेरो एकमात्रै सपना हो। मेरो योजना र दृष्टिकोणमा जनता सँधै केन्द्रमा रहन्छन्। जनताका सबै खाले समस्या समधान गर्ने र जनताभावनाको कदर गरेर उनीहरुका सपना साकार पार्न म प्रतिबद्ध छु।’

k dai.jpg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार