नेपाललाई मान्छे बेच्ने देश हैन मालसामान बेच्ने देश बनाउँनु छ : महामन्त्री थापा

भोजपुर । नेपाललाई मान्छे बेच्ने देश हैन मालसामान बेच्ने देश बनाउँनु पर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताउका छन् । भाजपुरको अरुण गाउँपालकामा भएको चुनावी सभालाई सम्बोधन गर्न भोजपुर आईपुगेका थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई मान्छे बेच्ने देशमात्र बनाएको बताउदै अब मान्छे हैन माल सामान बेच्ने देशमा परिनत गर्न नेपाली कांग्रेस लागेको बताएका छन् ।

५ वर्ष सरकार चलाउने म्यान्डेट पाएको नेपाल कम्युनिष्ट पार्टीले ३ वर्षपनि पार्टी र सरकार चलाउन नसकेको भन्दै थापाले उनीहरूको आलोचना गरेका हुन् । कांग्रेस महामन्त्री समेत रहेका थापाले केपी ओली र शेरधन राई सरकार चलाउन असफल भएको टिप्पणी गर्दै जनतासँग फेरि भोट माग्ने आधार गुमाएको बताए । उनले सरकारी रुपी गाडी दुर्घटना गराएको आरोप लगाउँदै अब उनीहरूको औचित्य समाप्त भएको जनाए । ओली र शेरधनलाई ५ वर्ष सरकार चलाउन किन नसकेको भनेर एकपटक एमालेकै कार्यकर्ताले प्रश्न गर्नुपर्ने बताए ।

कांग्रेसले अघिल्लो ५ वर्षका राम्रो काम नगरेर दण्डित गरेको बताउँदै थापाले ५ वर्ष सरकार चलाउन पठाएको ओलीको टिम असफल भएकाले यसपटक जनताले दण्डित गर्नुपर्ने स्पष्ट पारे । चुनाव भनेको पुरस्कार र दण्ड गर्ने अवसर भएकाले यसपटक दण्ड पाउने पालो एमालेको रहेको थापाको भनाइ छ । उनले २०६४ मा सानदार बहुमत पाएको माओवादीले सरकार चलाउन र संविधान बनाउन नसकेपछि २०७० को चुनावमा माओवादीले दण्ड पाएको स्मरण समेत गराए ।

अस्पताल, विद्यालय, बाटो विजुली लगायतका पूर्वाधार निर्माणमा कांग्रेसको योगदानको चर्चा गर्दै महामन्त्री थापाले ५ वर्षमा ओली सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेको बताए । तर आफ्नै असक्षमताका कारण ओली सरकार दुर्घटनामा परेको उनको टिप्प्णी छ । कांग्रेससहितको ५ तलको तालमेल संसद पुनर्स्थापनासँग जोडिएको प्रसंग कोट्‌याउँदै उनले एमालेले गरेको तालमेलको औचित्यमाथि प्रश्न उठाए ।

थापाले एमालेले गरेको तालमेललाई झेलमेलको संज्ञा दिए । उनले अहिलेको एमालेको चुनावी मुद्दा जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी, मल लगायत नभएको समेत जनाए । भोजपुरबाट अबको ५ वर्ष सबै तहमा कांग्रेसका उम्मेदवारलाई जिताएर काठमाडौं पठाउनुपर्ने तर्क गर्दै संविधानको रक्षा, त्यसको आवश्यकता र अवस्था हेरेर कांग्रेसले ५ वर्ष काम गर्ने महामन्त्री थापाको भनाइ छ ।

अरुण गाउँपालिकाको अध्यक्षमा शालिकराम खत्रीलाई जिताए अरुणको शिक्षा, स्वास्थ्य लगायतका हरेक विकासको काम आफू गाउँपालिका अध्यक्षको हैसियतमा काम गर्ने प्रतिवद्धता समेत जनाए । नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की भोजपुरको प्याउलीको विषयमा गगन कुमार थापा परिचित रहेको बताए । थापा स्वास्थ्यमन्त्री हुँदा प्याउलीको प्राथामिक स्वास्थ्य केन्द्र ९पिएचसी०मा डाक्टर पठाउने काम भएको बताउँदै उनले भोजपुर प्याउलीको विषयमा स्वास्थ्य मन्त्रालयको सबैलाई थाहा भएको स्पष्ट पारे ।

गगन थापा भनेको कांग्रेसको महामन्त्री मात्र नभएर यो देशको भावी प्रधानमन्त्री भएको धारणा राख्दै डा। कार्कीको यस्तो व्यक्तिलाई भोजपुरसँग जोड्न पाउनु गर्वको विषय रहेको दाबी गरे । प्रजातन्त्रको सुन्दर पक्ष चुनाव रहेको भन्दै उनले भोटले यो देशको भाग्य र भविष्यको फैसला गर्न भएकाले अमूल्य मतको सदुपयोग गर्न सुझाव दिए । शालिकराम खत्रीलाई रुख चिन्हमा मतदान गरेर विजयी गराए समृद्ध अरुण बनाउन सकिने कार्कीको भनाइ छ । प्याउलीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायामाझी, जिल्ला सभापति विनोद बान्तवा, कांग्रेसबाट अरुण गाउँपालिकाका अध्यक्षका शालिकराम खत्री लगायतले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार