भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङ माथी राती अज्ञात व्याक्तिले प्रहार प्रहार गरेको छ ।
महिला सदस्य तामाङ माथी हिजो रातीको दश बजेको सययमा प्रहार गर्दा तामाङको निधारमा चोट लागेको थियो । उनलाई माक्स लगाएर आएको एक पुरुषले घर नजिकै चर्पी गएर फर्कदा प्रहार भएको भनाई छ ।
उनलाई स्थानीय स्वास्थ्य संस्थामा लगी सामान्य उपचार पछि घर फर्काइएको जिल्ला प्रहरीकार्यालयले जनाएको छ । तामाङको निधारमा ४ टाका लागेको छ । उनको पार्टीगत नभई पारिवारिक रिसीभी हुन सक्ने अनुमान गरिएको स्थानीयहरुले बताएका छन् ।
अपरिचित व्यक्तीले कुटपिट गरी फरार रहेकोले खोजी भईरहेको प्रहरीको भनाइ छ ।