मौन अवधि सुरु हुन अगाडी एमालेको मिडिया प्रोपोगाण्ड

भोजपुर । स्थानिय निर्वाचनको संघारमा मौन अवधि सुरु हुन केही घण्टा बाँकी रहँदा एमाले भोजपुरले प्रोपोगाण्डा मचाउन थालेको छ । साल्पाशिलिछो गाउँपालिकामा आफ्नो पार्टीको वागी उम्मेदवारलाई माओबादी केन्द्रमा प्रवेश गरेको भनि प्रायोजित समचार समप्रेशन गरेर जिम्मेवार नेताहरुले समाजिक सञ्जालमा सम्प्रेशन गरीरहेकाछन् ।

एमालेका जिल्ला कमिटि सदस्य दौलथ कुलुङले अध्यक्ष पदमा स्वातन्त्र उम्मेदवारी दिएकाछन् । शिक्षण पेशा बाट राजनितिमा आएका कुलुङ साल्पाशिलिछो क्षेत्रका बौद्धिक युवाका रुपमा रहेकाछन् ।

माओबादीले कांग्रेस संग गठबन्धन गर्ने उद्येश्यले अध्यक्षको उम्मेदवारी फिर्ता लिएपछि कुलुङ सहित कांग्रेसका महेश राई एमालेका शान्तिबहादुर अधिकारी गरी तिन जना चुनावी प्रतिश्पर्धामा रहेकाछन् । माओबादी प्रवेश गरेको एमालेको भ्रमबारे कुलुङले आफु एमालेका विरुद्ध बागी उम्मेदवार रहेको बताएकाछन् ।

आफ्नो जित शुनिश्चित हुने भएपछि एमालेका फरक गुटका जिल्ला स्तरका नेताहरु आफ्नो विरुद्धमा लागेको प्रतिक्रिय दिएकाछन् । आफुलाई एमालेको सँस्थापन पक्षको स्थानिय नेता तथा कार्यकर्ताहरुको दरो समर्थन रहेको समेत जिकिर गरेकाछन् ।

कुलुङले भने “एमाले भित्रका १० बुँधेवाला नेताहरुले हात धोएर टिक न दिलाउन हिजो पनि लागेका थिए अहिले पनि मेरो जित शुनिश्चित रहेकाले उनीहरु आतिएर अन्तिम अस्त्रका रुपमा निक्रिष्ट प्रचारमा लागेकाछन” । कुलुङ एमालेका नेता तथा पूर्व मुख्यमन्त्रि शेरधन राई निकट मानिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार