भोजपुरको वडामा कांग्रेसको अग्रता, १२ वडामा कांग्रेस, ७ वडामा एमाले र ९ वडामा माओवादी विजयी

भोजपुर । स्थानीय तहको मत परिणाम धमाधम आउन थालेको छ । भोजपुरका ८१ वडामध्ये २८ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसले वडातहमा अग्रता लिएको छ । नेपाली का्रंग्रेसले १२, नेकपा एमालेले ७ र माओवादी केन्द्रले ९ वडामा विजयी भएको छ ।
जसमध्ये पौवादुङमा गाउँपालिका वडा नंं. २, साल्पासिलिछो गाउँपालिका वडा नं १, ३ र ४ षडानन्द नगरपालिका वडा नं ८ र १३ भोजपुर नगरपालिका वडा नं २, ३ र ४ आमचोक गाउँपालिका वडा नं १ र २ र अरुण गाउँगालिका वडा नं. ३ मा कांग्रेस विजयी हासिल गरेको छ ।
त्यस्तै पौवादुङमा गाउँपालिका वडा नं १, साल्पासिलिछो गाउँपालिका वडा नं २, षडानन्द नगरपालिका वडा नं १४, हतुवागढी गाउँपालिका वडा नं १ र ९, रामप्रसादराई गाउँपालिका वडा नं ८, अरुण गाउँपालिका वडा नं १ मा नेकपा एमाले विजयी भएको छ ।

त्यसैगरि माओवादी केन्द्रले आमचोक गाउँपाललिका ८, ९ र १०, रामप्रसादराई गाउँपालिका १ पौवादुङमा ३, अरुण गाउँपालिका २ र ४ भोजपुर नगरपालका १ ट्याम्कमैयुङ गाउँपालिका ९मा विजयी भएको छ । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, र टेम्केमैयुङ गाउँपालिकामा, षडानन्द नगरपालिका गठबन्धन र अरुण गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएका छन्सा भने साल्पासिलिछो गाउँपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिकामा नेकपा एमाले र आमचोक गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार