भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्‍त्र उम्मेदवार दौलथ कुलुङ विजयी

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका हुन् ।

एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गरे ।
विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी महेश राईले १७ सय ८६ मत ल्याए । अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भए ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८ सय ६२ मतसहित विजयी भइन् । स्वतन्त्र उठेपछि उनलाई बागी दिएको आरोपमा एमालेले पार्टीबाटै निष्कासित गरेको थियो । तर, उनैले निवर्तमान अध्यक्ष र एमालेका शान्ति अधिकारीलाई हराइदिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार