चुनाव प्रचारप्रसाका लागि टासिँएका प्रचार सामग्री उप्काउन आफै लागे नवनिर्वाचित मेयर आलेले

भोजपुर । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले चुनाव प्रचारप्रसाका लागि टासिँएका प्रचार सामग्री उप्काएका छन् । दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएको दोस्रो दिन उनले भोजपुर सदरमुकामका भित्तामा टाँसिएका पोस्टर उप्काएका हुन् ।

बजारक्षेत्रका घरमा भित्तामा टाँसिएका पोस्टरले नगरको सुन्दरता विगार्ने भन्दै आले नेतृत्वको टोलिले पोस्टर उप्काएको हो। निर्वाचन सकिएकाले प्रचार सामाग्रीको सान्दर्भिकता सकिएकाले पोस्टर उप्काइएको आलेको भनाइ छ।

ुहामीले पोस्टर टाँसेका थियौ। चुनाव जितिसकेपछि हामीले ती प्रचार सामाग्री उप्काएका हौं। यसको उद्देश्य भनेको हाम्रो यो नगरलाई सफा सुन्दर र हराभरा बनाउने प्रयास हो। अहिले जतिपनि फोहोर भएको छ, त्यसलाई सफा बनाउनुपर्छ भनेर हामी अघि बढिरहेका छौं,ु आलेले भने, ुम नगरप्रमुखको हैसियतले सबै राजनीतिक दलका साथीहरुलाई पोस्टर उप्काएर नगरलाई सफा बनाउने अभियानमा लागिदिनुहुन अनुरोध गर्दछु।ु आले ५ हजार ६५१ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार