भोजपुरका नव निर्वाचित पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख भने अनुपस्थित

भोजपुर । भोजपुरका नव निर्वाचित पालिका प्रमुखले सपथ ग्रहण गरेका छन् । भोनपुरमा दुई नगरपालिका र ७ गाउँपालिका मध्ये षडानन्द नगरपालिका र अरुण गाउँपालिका बाहेक सवै पालिकाहका प्रमुखले सफथ ग्रहण गरेका छन् ।

भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, आमचोक गाउँपालिका प्रमुख अशोक राई, हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका प्रमुख थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका प्रमुख सरोज बस्नेत, पौवादुङमा गाउँपालिका प्रमुख किरण राई र साल्पासिलिछो गाउँपालिका प्रमुख दौलथ कुलुङले सपथ ग्रहण गरेका छन ।

जिल्लाको उत्तर षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदास र अरुण गाउँपालिका प्रमुख शालिकराम खत्रीले भने शुक्रवारको सपथग्रहण कार्यक्रममा उपस्थित भएनन ।

भोजपुर नगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा भोजपुर नगरपालिका भित्रका निर्वाचित जनप्रतिनिधीहरुलाई बिजय भएको प्रमाण पत्र समेत बितरण गरिएको थियो भने भोजपुर नगरपालिका प्रमुख आलेले निर्वाचित उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरुलाई सोही कार्यक्रममा सपथग्रहण समेत गराएका थिए ।
भोजपुरमा ३ पालिका प्रमुख कांग्रेस, २ पालिका माओवादी केन्द्र, ३ पालिका एमाले र १ पालिका प्रमुख स्वतन्त्र छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार