वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने टेम्केमैयुङ गाउँपालिकाको पहिलो निर्णय

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोज बस्नेतले सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाबाट घुम्ती सेवाको रुपमा वैंकिङ प्रणाली मार्फत प्रदान गर्ने निर्णय गरेका छन् ।

वुधवार अध्यक्ष पदको पदभार ग्रहण गर्दैे “सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौ लगाएर बैकसम्म धाउनु पर्ने बाध्यता रहेकाले बृद्धबृद्धालाई समस्या भएकाले वडा कार्यालयबाट नै भत्ता उपलब्ध गराउने नवनिर्वाचित अध्यक्ष सरोज बस्नेतले बताए । उनले गाउँपालिकाको विकास संमृद्धिका लागि साझा रुपमा काम गर्ने समेत प्रतिबद्धता व्याक्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले गाउँपालिकाले स्वास्थ्य, शिक्षा, जनजिविकासंग जोडिएका विषयहरुलाई योजना बनाएर काम अगाडि बढाउने बताएका छन् ।
यस्तै गाउँपलिकाका उपाध्यक्ष रमा राईले भने यस अघि नै पदभार ग्रहण गरीसकेकी छिन् । अध्यक्ष बस्नेत गठबन्धनबाट अध्यक्ष पलमा निर्वाचि भएका हुन भने उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार