भोजपुर नगर कार्यपालिकाको लागि भएको निर्वाचनमा सवै जना नेपाली कांग्रेसबाट बिजयी

भोजपुर । भोजपुर नगर कार्यपालिकाको लागि भएको निर्वाचनमा सवै जना नेपाली कांग्रेसबाट बिजयी भएका छन् । महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसका ८ जना नै कार्यपालिका सदस्यमा बिजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

नगर कार्यपालिका सदस्यका लागि महिला तर्फ ५ र दलित तथा अल्पसंख्यकबाट ३ जनाका लागि कांग्रेस र नेकपा ९एमाले० दुवै तर्फबाट उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित हुुनेहरुमा टिका कुमारी सार्की, मन कुमारी राई, भिम छिरीङ्ग शेर्पा, चन्द्रा राई, प्रतिक्षा श्रेष्ठ, बन्दना सुन्दास, रोमादेवी मंग्राती ९सार्की० र लक्ष्मी तामाङ ९श्रेष्ठ० छन् ।

एमालेको तर्फबाट अनु भुजेल, छेची शेर्पा, दिपेन दर्नाल, जानुका खडका ९बस्नेत०, रितामाया राई, शारदा देवी थापा, सत्यकला राई र समिक्षा तामाङ कार्यपालिका सदस्यका उम्मेदवार थिए ।

कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र बितरण समेत गरेको छ भने भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आलेले पद तथा गोपनियताको सपथ समेत गराएका छन् । भोजपुर नगरपालिका भित्र १२ वटा वडाहरु छन् । जसमा कांग्रेसले नगर प्रमुख सहित ८ वडामा बिजय हासिल गरेको थियो भने उपप्रमुख सहित एमालेले ३ वडा र माओवादी केन्द्रले १ वडा जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार