को हुन समन्वय प्रमुख पदका उमेद्वार थुलुङ्ग ?

भोजपुर । २००६ मा नेपाली कांग्रेस पार्टीको सदस्यता प्राप्त गरेका २००७ सालका प्रजातान्त्रिक मुक्ति सेनाका योद्धा तथा दावाँ युद्धका कमाण्डर वखतबहादुर राईका छोरा हुन ,कमल थुलुङ्ग राई ।

उनका वुवा व्रिटिस गोर्खा सैनिकमा आवद्ध भई नारदमणि थुलुङ्गसँग एउटै पल्टनमा रही तत्कालीन चउन्ने सदस्य (कांग्रेस सदस्य) प्राप्त गरेका राईले भोजपुर युद्धको नेतृत्व गर्दै दावाँ युद्धका कमान्डरसमेत बनी विजयी प्राप्त गरेका थिए । उनै राईका छोरा हुन कमल थुलुङ्ग राई । बुबा वखतबहादुर राई र आमा मोतीमाया राईको कोखबाट २०२० सालमा जन्म लिएका थुलुङ्ग सामान्य र प्रभावशाली नेतृत्वका रुपमा स्थापित हुन पुगेका छन् ।

थुलुङ्गले पञ्चायती शासन विरुद्ध २०३५ साल देखि विद्यार्थी आन्दोलनबाट राजनीति जिवनको प्रारम्भ गरेका थिए । विभिन्न संघ संस्थाहरुमा आवद्ध हुदै समाज सेवा गर्न पछि नहट्ने थुलुङ्ग नेपाली कांग्रेसको राजनीतिलाई अगाडि बढाउँदै नेपाली कांग्रेसको ११ र १२ औँ महाधिवेनमा क्षेत्रीय सभापतिका प्रत्यासी उमेद्वार हुदै १३ औँ महाधिवेशनमा जिल्ला कार्य समिति सदस्य निर्वाचित भएका थिए ।

१४औँ महाधिवेनमा उपसभापतिका प्रत्यासी उमेद्वार हाल जिल्ला समन्वय समिति भोजपुर जिल्लाको प्रमुख पदको उमेद्वारका रुपमा नेपाली कांग्र्रेस पार्टीले अगाडि सारेको छ । उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट भोजपुर नगरपालिका वडा नं. ३ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले जिल्ला समन्वय समितिको प्रमुख पदमा गठबन्धन दलको तर्फबाट आफ्नो जित निश्चित भएको समेत दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार