माहुली लघुवित्त वित्तिय संस्था भोजपुरले बृक्षरोपण गरी मनायो ९औं वार्षिक उत्सव

भोजपुर । माहुली लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भोजपुिरले ९औं वार्षिक उत्सवको मनाएको छ । भोजपुरको कैलाश डाँडामा वृक्षारोपण गरी संस्थाको ९औं वार्षिक उत्सव मनाएको हो ।

संस्थाले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्‍याउने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको माहुली लघुवित्त वित्तिय संस्था केन्द्रिय कार्यालयका अनुगमन विभागका प्रमुख महेश चौधरीले बताए ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि रहेका भोजपुर नगरपालिका वडा नंं. ७ का वडा अध्यक्ष जयबहादुर तामाङले वृक्षरोपण गर्दै लघुवित्त वित्तिय संस्थाले सर्वसाधरणको जिविको पार्जनमा कर्जा उपलब्ध गराएर सहज बनाएको बताएका छन् । संस्थाले गरेको लगानीबाट जनताले आयआर्जनमुलक व्यावसायमा लगानी गरी व्यावसायबाट आम्दानी बढ्दै जान थालेकोले जनताको आर्यआर्जन बलीयो हुदै ै गएको अध्यक्ष तामाङले बताए ।
कार्यक्रममा वडा सदस्य, लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधी पत्रकार र माहुली लघुवित्त वित्तिय संस्थामा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार