भोजपुरमा बजार अनुगमन, १५ हजार बराबरको म्याद नाघेका खाद्य सामाग्री बरामद

भोजपुर । भोजपुरमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेत्रित्वमा गरिएको बजार अनुगमनबाट १५ हजार५ सय ९० रुपैया बरावरको खाद्य साग्री बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका साहयक प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहालले बताए ।

सदरमुुकाममा गरिएको बजार अनुुगमनका क्रममा १५ हजार बढीको म्याद गुज्रिएका सामान बररामद गरिएको छ । भोजपुर बजारका किराना पसलहरुमा गरिएकोबाट भेटिएको म्याद गुज्रेको सामाग्री जलाएर नष्ट गरिएको छ ।

अनुगमन जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य सघ, घरेलुु तथा साना उद्योग कार्यालय, भोजपुुर नगरपालिकाका, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार र सुरक्षाकर्मीहरुको उपस्थितीमा गरिएको हो ।

टोलिले व्यापारीहरुलाई म्याद नाघेका सामाग्रीहरु नराख्न, मूल्य सूचि उपभोक्ताहरुले देख्ने ठाउमा राख्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार