भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागि बन्यो ५ जनाको समिति

भोजपुर । भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागिे ५ जनाको समिति बनेको छ । विहिवार नयाँ बसपार्कमा बस लैजान आवश्यक छलफलका लागि भोजपुर नगरपालिकाले वोलकाएको सर्वपक्षिय वैठकमा आवश्यक व्यावस्थापन नभई यातायात व्यावसायीले बसपार्कमा बस लैजान नसक्ने भएपछि ५ जनाको समिति बनाईएको हो ।

भोजपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जय बहादुर तामाङको संयोजकत्वमा बस व्यावसायीको तर्फबाट गोपाल मोक्तान, ट्याक्सी व्यावसायीको तर्फबाट राजन राई, स्थानीयको तर्फबाट प्रेम भण्डारी र प्राविधिकको तर्फबाट अरुण हमाल सहितको ५ जनाको समिति बनाईएको हो । समितिले भोली विहन ७ बजे नयाँ बसपार्कमा उपस्थित भई बसपार्कमा आवश्यक प्रतिक्षालय, खानेपानी लगायत आवश्यकताको आधारमा पहिचान गरी नगरपालिकालाई बुझाउने छ । समितिले बुझाएको पत्रको आधारमा नगरपालिकाले तत्काल निर्माण कार्य गर्ने र निर्माण सम्पन्न भएपछि बस लैजाने सहमति भएको छ ।
भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेको अध्यक्ष्यतामा वसेको वैठकमा समितिले बसपार्कमा आवश्यक निर्माण गर्नु पर्ने कुराहरु समितिले बसझाएको १० दिन भित्र काम सम्पन्न गर्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए । मेयर आलेले सम्पन्न भए पछि बस लैजान तयार हुन बस व्यावसायीलाई अनुरोध गरेका छन् ।
यता बस व्यावसायीहरु भने बसपार्कमा आवश्यक कुराहरु नभए सम्म बस लैजान नसक्ने अडान राखेका थिए । यात्रुहरुलाई व्यावस्थापनका लागि होटल पर्याप्त नभएको, प्रतिक्षलय, काउन्टर खानेपानी लगायतको शुविधा नभई बस लान नसक्ने सिद्धाकाली बस व्यावसायी संघका अध्यक्ष गोपाल मोक्तानले बताए । समितिले अवश्यक निर्माण कार्यको पहिचान गरी समितिले नगरपालिकालाई बुझाउन र निर्माण कार्य सम्पन्न भए पछि बस लाने अध्यक्ष मोक्तानले भानाई छ ।
वैठकमा उपस्थित अधिकांश प्रतिनिधिहरुले नयाँ बसपार्कमा बस लानु पर्ने धारण राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार