घर पायकमा पुगेर भत्ता बाड्दै पौवादुङमा गाउँपालिका

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले घर पायक पर्ने स्थानमा भत्ता बाढ्न सुरु गरेको छ । बृद्ध बृद्धाहरुलाई भत्ता लिन समय र पैसा खर्च गरी वैक धाउनु पर्ने बाध्यता हटेको छ ।

भक्ताले दैनिक जीवनयापन गर्दै आएका बृद्ध बृद्धाहरुलाई भक्ता लिन जान निकै समस्या भएको वेला गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि बृद्ध बृद्धाहरु हर्सित भएका छन् ।

गाउँपालिकाले वडा नं. ६ ठुलो दुङ्मामा मंगबारबाट घुम्ती शिविर मार्फत टोलका मानिसहरु भेला गरी वडा कार्यालयबाट सामाजिक सुरक्षा भक्ता वितरण गर्न थाले पछि स्थानीलाई वैँक धाउनस पर्ने बाध्यता हटेको हो ।

सामाजिक सुरक्षा भत्ता लिन सहज होस भन्ने उदेश्यका साथ वडाबाट भत्ता बाड्न सुरु गरिउको पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण गर्न थालेको बताउदै ज्येष्ठ नागरिक तथा अशक्तलाई यहाँ आउन अत्यन्तै समस्या भएको हुनाले यो कार्यलाई चौमासिक रुपमा सबै वडामा सञ्चालनमा ल्याउने समेत अध्यक्ष राईले बताए ।

गाउँपालिकामा एक हजार चार सय ७१ जनाले भत्ता पाउदै आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबीन भट्टराईले बताए । नागरिकहरुको भत्ता लिन आउदा यातायात लगाएतमा खर्च हुने, विभिन्न झन्झट हुने समस्याको अन्त्य भएको अधिकृत भट्टराईले बताए ।

आफ्नै ठाउँबाट भक्ता लिन पाउदा साह्रै खुसी लागेको बताउँदै घर पायकमै भत्ता पाउँदा आफुलाई स्थानीय सरकारको अनुभुती  भएको ठुलोदुम्माका बृद्ध मनपाल राईले बताए ।

गाउँपालिकाले अशक्त नागरिकलाई हिडडुलमा सहजता पु¥याउने उदेश्यले उनीहरुको आवश्यकताका आधारमा सहयोगी सामग्री वितरण गर्दै आएको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताइन । अशक्तहरुको समस्यालाई नजिकबाट नियाल्दै जनताको हितका लागि गाउँपालिका सधै सकारत्मक रहेको उपाध्यक्ष राईले बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार