ग्लोबल आइएमई वैकद्धरा सार्वजनिक आधारभुत विद्यालयको छात्रालाई छात्रवृत्ति वितरण

भोजपुर । ग्लोबल आइएमई वैक शाखा कार्यालय भोजपुरले सार्वजनिक आधारभुत विद्यालयको छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । वैँकले “छात्रालाई छात्रवृत्ति कार्यक्रम” अन्तरगत भोजपुर नगरपालिका वडा नं. १२ पैयापानीमा रहेको सार्वजनिक आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्रा दिप्सीका खड्गीलाई छात्रवृत्ति वितरण गरिएको ग्लोबल आइएमई वैँक शाखा कार्यालय भोजपुरका शाखा प्रबन्धक दिवाकर घिमिरेले जानकारी दिए ।

छात्रवृत्ति पाउने छात्रा दिप्सीका खड्गीलाई कक्षा १२ सम्म वैँकले वार्षिक १२ हजारका दरले छात्रवृत्ति दिने शाखा प्रबन्धक घिमिरेले बताए ।वैँकले पैँयापानीमा रहेको सार्वजनिक आधारभुत विद्यालयलाई छनोट गरि विद्याथी सिफारिस गर्नु भनेपछि विद्यालयले आर्थीक स्थीती कमाजोर र जेहेन्दार तीन जना विद्यार्थी सिफारिस गरिएकोमा १ जना दिप्सीका खड्गी छनोट भई छात्रवृत्ति पाउँन थालेको सार्वजनिक आधारभुत विद्यालयका प्रधानध्यापक योग बहादुर कार्कीले बताए ।

ग्लोबल आइएई वैँकको शाखा कार्यालय २ सय ९० स्थानमा रहेको छ भने शाखा रहित सेवा २ सय ७५, (ATM) २ सय र अस्ट्रेलिया, भारत र युकेमा समेत वैकले सेवा दिइरहेको वैँकले जनाएको छ ।

र यो पनी हेर्नुस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार