एकल साँझबाट संकल भएको रकमबाट एम्बुलेन्स संचालनका लागि मुकारुङले गरे रकम हस्ताणतरण

भोजपुर । गत असोज ६ गते काठमाडौ‌को नाँचघरमा भएको भिषण एकल साँझबाट संकलित रकमबाट एम्बुलेन्स संचालनका लागि भिषण मुकारुङले रकम हस्ताणतरण गरेका छन् । मुकारुङले एम्बुलेन्स अभावमा आफ्नो जन्मभूमि टेम्केमैयुङ गाउँपालिकाका नागरिकले अकालमै ज्यान गुमाउने विगतका समस्यालाई समाधान गर्न एम्बुलेन्स खरिदका लागि व्यक्तिगत रुपमै एक लाख सहयोग हस्तान्तरण गरेको गायक मुकारुङले बताए ।
‘ठुलो सहयोग गर्न नसकेपनि सामाजिक हितका लागि यो मेरो पहिलो प्रयास हो, यसबाट अन्य सहयोगी मनहरुको पनि हातेमालो होस् भन्ने चाहान्छु, जसले मेरा गाउँमा एम्बुलेन्स ल्याउने सपना पुरा होस्’ गायक राईले थपे, ‘जसरी मेरो गाउँमा एम्बुलेन्स अभावले अकालमै ज्यान गुमाउनुपर्ने स्थिती छ, त्यस्तो जोखिम भविष्यमा नहोस्, मेरो गाउँले दाजुभाई तथा दिदीबहिनील् चाँडै सुलभ एम्बुलेन्सको सेवा उपभोग गर्न पाओस् यहि कामना छ, सहयोगी मनहरुप्रति पनि सहयोगका लागि आव्हान गर्न चाहान्छु’ विशेषगरि उनी जन्मेको टेम्केमैयुङ गाउँपालिकाका दुर्गम ग्रामीण भेगका नागरिकले एम्बुलेन्स अभावमा वर्षौदेखि खेप्नुपरेको सास्तीलाई कम गर्न एम्बुलेन्स खरिदका लागि उनले आर्थिक सहयोग गरेका हुन् ।

विशेषगरि टेम्केमैयुङ गाउँपालिकाका ९ वटै वडाका ग्रामीण भेगमा स्वास्थ्य सेवा लिन अझै सकस पर्ने गर्छ । कतिपय क्षेत्रमा सर्वसाधरण अझै पनि स्टे«चरबाटै विरामी ओसारपसार गर्ने गरेका छन् । गायक राईले गरेको सहयोगप्रति सह्रानीय भाव जनाउँदै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पनि गाउँपालिकाले छिट्टै एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता जनाए । भने, ‘नागरिकको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण आवश्यकता हो, एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले भरपुर सहयोग गर्नेछ, नागरिकको सपना छिट्टै पुरा हुनेमा म विश्वस्त छु’

झण्डै दुई दशक लामो सांगितिक यात्राका दौरान राईले नेपाली संगितमा नयाँ आयाम भरेका छन् । उनले नेपाली संगितमा पु¥याएको योगदान प्रशंसनीय छ । २१ औँ टुबोर्ग इमेज ‘उत्कृष्ट लोकगायन’ तर्फको अवार्डबाट सम्मानित गायक राईले झण्डै ३ सय वटा गितमा स्वर र संगित दिएका छन् । आफ्नो गायनसंगै उनी सामाजिक काममा पनि अघि देखिन्छन् ।
पछिल्लो समय संगितसंगै सामाजिक भलाई र परोपकारी काममा पनि लोकप्रिय गायक राई जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार