६७ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय भोजपुरको रक्तदान कार्यक्रम सम्पन्न

भोजपुर । ६७ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय भोजपुरको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले विहिवार आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुमा कार्यरत १८ जना नेपाल प्रहरी र खानेपानी तथा ढल निकासका इन्जिनियर अम्रेन्द्र कुमार यादपले समेत रक्तदान गरेको प्रहरी निरिक्षक नितेश कुमार सिँले जानकारी दिए ।
६७ औ प्रहरी दिवसको अवसरमा गरिएको रक्तदानले रगत अभावका कारण उपचारमा भएको समस्यालाई केहि हदसम्म समाधान गर्ने उद्धेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार