टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपुर्णमा लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेला सम्पन्न

भोजपुर । आगामी मंसीर ४ गते हुन लागेको प्रदेश र संघको निर्वाचन लक्षित कार्यक्रम धमाधम हुन थालेका छन् । लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेला आईतवार टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपुर्णमा सम्पन्न भएको छ ।

अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्न संघिय सांसदका उमेद्वार सुदन किराती, प्रदेश क्षेत्र नं. १ का उमेद्वार राजेन्द्र कुमार राई, क्षेत्र नं. २ का उमेद्वार विनोद वान्तावा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काङमाङ राई, नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य रमेश शाक्य, नेपाली कांग्रेसका पुर्व सभापति नन्दमणी राई, महासमिति सदस्य हेमन्त मुकारुङ लगायतका नेता तथा कार्यकर्ता सम्वोधनका लागि अन्नपुर्ण पुगेका थिए ।

सोमवार भने गठबन्धनको कार्यक्रम पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा हुने गठबन्धन प्रचार प्रसार समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार