नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका उपाध्यक्ष सन्देश वान्तावाको निधन

भोजपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका उपाध्यक्ष सन्देश वान्तावाको निधन भएको छ । केही दिनयता धरानस्थित घोपा क्याम्पमा उपचाररत वान्तावाको आज दिउँसो अल्पायुमै निधन भएको हो ।
रेडियो भोजपुरका स्टेशन म्यानेजर समेत रहेका वान्तावा विगत केही समयदेखि दम, सुगरलगायतका रोगबाट पीडित थिए । पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले किरातीको मृत्युले जिल्लाको सञ्चारक्षेत्रमा अपुरणीय क्षति भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार