मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्यको निर्वाचनको लागि नमुना मतदान

भोजपुर । आशन्न मंसीर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यको निर्वाचनको लागि नमुना मतदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले मंसीर ४ गते हुने निर्वाचनमा सहज होस भन्ने उदेश्यका साथ नमुना मतदान गरिएको निर्वाचन कार्यालय भोजपुरका कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।

नमुना मतदानमा सुरु देखि अन्तिमसम्म हुने मतदान प्रकृयाको नमुना देखाईएको थियो । कर्मचारी, प्रहरी र म्यादी प्रहरीले नमुना मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार