स्वतन्त्र उमेदवारी दिएका चापागाईले गराए उमेदवारी निस्कृय, गठबन्धनलाई सहयोग गर्ने

भोजपुर । भोजपुरबाट प्रदेश सभा क्षेत्र नं. १ बाट स्वतन्त्र उमेदवारी दिएका उत्तम चापागाईले आफ्नो उमेदवारी निस्कृय गरेका छन् ।

नेपाल तरुण दलका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य रहेका चापागाईले प्रदेशसभा सदस्यको लागि भोजपुर निर्वाचन क्षे क बाट उमेदवारी दिएा थिए । चापागाईले एक विज्ञप्ति सार्वजानिक गर्दै आफ्नो उमेदवारी निकृय गराई गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने बताएका छन् । भोजपुरबाट प्रदेश सभाको लागि निर्वाचन क्षेत्र क बाट उन्ले स्वतन्त्र उमेदवारी दिएका थिए ।

सत्ता गठबन्धन दलको भागबन्डामा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रतिनिधि सभा नेकपा माओवादी, प्रदेश क एकीकृत समाजवादी र निर्वाचन क्षेत्र न. ख नेपाली कांग्रेसलाई परेको थियो । तर नेपाली कांग्रेस तरुण दलका पुर्व उपाध्यक्ष समेत रहेका उत्तम चापागाईले स्वतन्त्र उमेदावरी दर्ता गराएका थिए ।

संविधानको रक्षाको खातिर भएको गठबन्धनको मर्म र पार्टीको एक ईमान्दार कार्यकर्ता भएकोले आफ्नो उमेदवारी फिर्ता गरेको उनले बताएका छन् । साथै उन्ले सत्ता गठबन्धनको उमेदवारहरुलाई सर्मथन गर्दै अब भोजपुरबाट गठबन्धनका उमेदवारलाई जिताउनु पर्ने बताएका छन् ।

चापागाईले उमेदवारी फिर्ता लिएपछि गठबन्धनबाट उमेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले चुनाव जित्न सहज भएको नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार