शिशिरा राईको संयोजकत्वमा गठबन्धन दल निर्वाचन परिचालन महिला समिति गठन

भोजपुर । भोजपुरमा गठबन्धन दलले निर्वाचन परिचालन महिला समिति निर्माण गरेको छ । नेपाली कांग्रेस कि नेतृ शिशिरा राईको संयोजकत्वमा १ सय ५ जना रहेको महिला निर्वाचन परिचालन समिति निर्माण गरेको हो ।

शनिबार सम्पन्न भेलाले संयोजकमा शिशिरा राई सह संयोजकमा डेकाकुमारी भुजेल र सदस्य सचिवमा राधिका तामाङलाई चयान गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्य समिति सह सचिव कर्ण मोक्तानका अनुसार निर्वाचन परिचालन महिला समितिले चुनाव प्रचार साथै मतदाता शिक्षामा जोड दिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार