निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई स्थानीय टुडिखेलमा नमुना मतदान

भोजपुर । आगामी मंसी ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बदर मतसंख्या घटाउन भोजपुरमा नमुना मतदान गरिएको छ । निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सहभागी गराएर भोजपुरमा नमुना मतदान गरिएको हो ।
८७ मतदान स्थल, १ सय ५७ मतदान केन्द्र रहेको भोजपुरमा १२ सय ४५ खटाईएको छ भने खटाईएका कर्मचारीलार्इृ आवश्यक तालिम दिई मदर हुन नदिन नमुना मतदान समेत गरिएको निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा ६४ हजार १ सय २५ पुरुष ५९ हजार २ सय ५३ र अन्य १ गरी एक लाख २३ हजार ३ सय ७९ मतदाता छन रहेका छन् । ४ गते हुने निर्वाचनमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी र म्यादी प्रहरी खटाई धादलि रहित निर्वाचन सम्पन्न गराउने जिल्ला प्रशासन कार्यालय भोजपुरले बताएको छ ।

निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभ्यास गराउने उद्देश्यका साथमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा नमुना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार