भोजपुरको समृद्धिका लागि गठबन्धनकोे विजय आवश्यक : कांग्रेस नेता बस्नेत

भोजपुर । भोजपुरको समृद्धिका लागि गठबन्धनकोे विजय आवश्यक रहेको नेपाली कांग्रेसका नेता बावुराम बस्नेतले बताएका छन् । गठबन्धन दलको जन भेटघाट कार्यक्रममा संवोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । भोजपुरे जनताले बिकास समृद्धीको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघी सारेको कारण उनीहरुलाई जिताउन आवश्यक रहेको बस्नेतले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शेरधन राईले साढे तीन बर्षमा छुट्याएको बजेट राजेन्द्र राईले एकै बर्षमा हालेको बजेटलाई हेर्ने हो भने आकास पातलको फरक छ ।

भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधन भन्दा माओवादी केन्द्रका सुदन अगाडी देखिन्छन् । गत वैशाखमा भएको स्थानीयतहको निर्वाचनको परिणामले पनि सुदन अगाडी रहेको देखाउँछ ।

यस्तै प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. (क) मा गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र एमालेको तर्फबाट हरि कुमार राई विच प्रतिस्पर्धा हुदैछ भने निर्वाचन क्षेत्र नं. (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति विनोद बान्तावा र एमालेको तर्फबाट खड्ग बहादुर कार्की विच प्रतिस्पर्धा हुदैछ ।

स्थानीय चुनावको मतभार हेर्ने हो भने भोजपुरमा एमालेबाट निर्वाचित भएका उमेद्वारले २७ हजार ६ सय ५६ मतल्याएका थिए । उता सत्ता गठबन्धनले भने ३८ हजार ५ सय ५६ मत ल्याए । यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमाले भन्दा १० हजार ९ सय मतले अगाडी देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार