विकासका लागि मलाई एक पटक विजयी गराउनुस् भोजपुरको मुहार फेरेर देखाउछु : मुख्यमन्त्री राई

भोजपुर । मंसिर ४ गते हुने निर्वाचनमा भोजपुरबाट प्रदेश सभा सदस्य प्रदेश सभा (क) का उमेद्वार तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले आफुलाई भोजपुरको विकास र समृद्धिका लागि मत दिएर विजयी गराउन आग्रह गरेका छन् ।

षडानन्द नगरपालिका दिङलामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री भएपछि आफुले यस आर्थिक वर्षमा भोजपुराई रातो किताबमा २ सय ६ र त्यस वाहेक २ सय ५५ योजना भित्रयाएका बताएका छन् । उनले यस आर्थिक वर्षमा मात्र १ अर्व भन्दा बढि बजेट विनियोजन गरेका छन् ।

उनले आफुलाई ४ गते निर्वाचनमा विजयी गराउन आग्रह गर्दै आफुसंग भोजपुुुरको विकास र समृद्धिकाम लागि थुप्रै गुरु योजना रहेको र त्यसलाई पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।उनि गठबन्धनको तर्फबाट भोजपुर प्रदेश सभा सदस्यको लागि निर्वाचन क्षेत्र क बाट उमेदवार रहेका छन् । मुख्यमन्त्री राईले भोजपुरको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ मा गरी ५ सय भन्दा धेरै साना ठुला योजना प्रदेशको रेडबुकमा समावेश गराएका छन् ।

मुख्यमन्त्री राईले सबैभन्दा ठुला योजना भोजपुर दिङ्ला सडकलाई ८ करोड र तुर्के फालिदो बाटोलाई १६ करोड बजेट विनियोजन गरेका छन् । साथै लम्सुवा घाटको पक्कि पुल प्राविधिक समस्या भएको कारणले छिटो पुल निर्माणको लागि सतिघाटमा पक्कि पुलको टेण्डर खुलाएका छन् ।

मानिस आवाज जावतमा सजिलो होस र तत्काल समस्याको समाधानको लागि सतिघाटमा संघिय सांसद सुदन किराती र उन्को संयूक्त क्षेत्र विकास कोषको लगानीमा फेरी लगाईदिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार