३० वर्ष भन्दा वढि नेतृत्व गरेको एमालेले भोजपुरमा केहि गर्न सकेन : वान्तावा

भोजपुर । भोजपुरबाट निरन्तर ३० वर्ष भन्दा बढि नेतृत्व गरेको एमालेले भोजपुरमा केहि गर्न नसकेको बाम लोकतान्त्रिक गठबन्धन भोजपुर प्रदेश सभा (ख) का प्रदेश सभा सदस्यका उमेद्वार विनोद वान्तावाले बताए । नेपाली कांग्रेस भोजपुरको सभापति समेत रहेका वान्तावाले भोजपुर नगरपालिका वडा नं ४ दावाँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने “३० वर्ष मतदान गरेर निरन्तर जिताएर पठायौँ आखिर गरिवी अशिक्षा र स्वास्थ्यमा सधै समस्या बाहेक भोजपुरे जनाताले केहि पाएनन् । उनले भने । के यस्तै समस्या सधै भोजपुरे जनताले खेपीरहनु पर्ने हो ?” भन्दै प्रश्न समेत गरेका छन् ।
एमालेले हाल सम्म नगरेको भोजपुरको विकास अब गठबन्धले गरेर देखाउने प्रदेश सभा (ख) का प्रदेश सभा सदस्यका उमेद्वार वान्तावाले बताए । भोजपुरको विकास र समृद्धिका लागि एमाले हैन गठबन्धन नै आवाश्यक रहेको पुष्टी गर्दै उनले गठबन्धनका उमेद्वारलाई अत्यात्रिक बहुमतले विजयी गराउन समेत आग्रह गरेका छन् ।
मंगलबार भोजपुर नगरपालिका वडा नं. ३ र ४ का जनतालाई सम्बोधन गर्न गठबन्धनका उमेद्वारसंगै तीनै दलका नेता तथा कार्यकर्ता त्याहा पुगेका थिए ।
चुनावी प्रतिस्पर्धालाई हेर्ने हो भने एमालेका शेरधन भन्दा माओवादी केन्द्रका सुदन अगाडी देखिन्छन् । गत वैशाखमा भएको स्थानीयतहको निर्वाचनको परिणामले पनि सुदन अगाडी रहेको देखाउँछ ।
यस्तै प्रदेश सभा सदस्यका लागि निर्वाचन प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र एमालेको तर्फबाट हरि कुमार राई विच प्रतिस्पर्धा हुदैछ भने निर्वाचन प्रदेश सभा (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति विनोद बान्तावा र एमालेको तर्फबाट खड्ग बहादुर कार्की विच प्रतिस्पर्धा हुदैछ ।
स्थानीय चुनावको मतभार हेर्ने हो भने भोजपुरमा एमालेबाट निर्वाचित भएका उमेद्वारले २७ हजार ६ सय ५६ मतल्याएका थिए । उता सत्ता गठबन्धनले भने ३८ हजार ५ सय ५६ मत ल्याए । यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमाले भन्दा १० हजार ९ सय मतले अगाडी देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार