तीन दशक राज गरेको एमालेको किल्लामा विनोदले गाड्दैछन् चारतारे झण्डा

भोजपुर । २०१५ साल यताका हरेक निर्वाचनमा भोजपुर बाम किल्लाकोरुपमा रह्यो। ०१५ साल पछिका हरेक संसदीय निर्वाचनमा कांग्रेसले उपविजेतकारुपमा चित्त बुझायो । नेकपा एमालेले मात्रै भोजपुरमा ३३ वर्ष बढी नेतृत्व गर्यो। तर, कांग्रेसले भने सांसद् निर्वाचित गराएर पठाउन सकेन। यसपटक पनि प्रतिनिधिसभामा भोजपुर कांग्रेसको प्रतिनिधित्व नहुने पक्का छ ।

सत्तारुढ गठबन्धनमा भएको तालमेल अनुसार प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको छ। माओवादीले निवर्तमान सांसद सुदन किरातीलाई अघि सारेको छ। प्रदेश सभा (क) मा प्रदेश नम्बर १ का मुख्यसचिव तथा नेकपा एसका केन्द्रीय सचिव राजेन्द्र राई उम्मेदवार छन्। प्रदेश सभा (ख) मा कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा उम्मेदवार छन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका प्रेम कार्की हुन् ।

तर, एमालेले ३३ वर्ष राज गरेको साविक भोजपुर निर्वाचन क्षेत्र २ हाल प्रदेशसभा (ख) मा वान्तवाले विजयको झण्डा पहराउने निश्चित देखिएको छ। वान्तवाले एमालेले तीन दशक भन्दा बढी नेतृत्व गरेपनि भोजपुरमा केही काम गर्न नसकेको बताउँदै आएका छन् ।

एमाले नेतृत्वमा हुन नसकेको काम आफू निर्वाचित भएलगत्तै गर्ने उनको दाबी छ। ‘३० वर्ष मतदान गरेर निरन्तर जिताएर पठायौँ, आखिर गरिबी अशिक्षा र स्वास्थ्यमा सधै समस्या बाहेक भोजपुरे जनाताले केहि पाएनन् । के यस्तै समस्या सधै भोजपुरे जनताले खेपीरहनु पर्ने हो,’ उनले प्रश्न गर्दै भने, ‘गठबन्धनको जित निश्चित छ। हामी निर्वाचित भए लगत्तै यी समस्या हल गर्नेछौं।’

यस्तो छ अंकगणित

प्रतिनिधिसभा सदस्यका लागि किराती र प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईबीच प्रतिस्पर्धा हुँदैछ। तर, गणितलाई आधार मान्दा शेरधन भन्दा सुदन अघि देखिन्छन्। गत वैशाखमा भएको स्थानीयतहको निर्वाचनको परिणामले पनि सुदन अगाडी रहेको देखाउँछ ।

भने भोजपुरमा एमालेबाट निर्वाचित भएका उमेद्वारले २७ हजार ६ सय ५६ मतल्याएका थिए । उता सत्ता गठबन्धनले भने ३८ हजार ५ सय ५६ मत ल्याए ।

यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमाले भन्दा १० हजार ९ सय मतले अगाडी देखिएको छ । यो अंकगणित हेर्दा भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा गठबन्धन विजयी हुने निश्चित छ। र, भोजपुरले २०१५ सालपछि कांग्रेसबाट सांसद् पाउने निश्चित बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार