लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र सामाजिक संजालमा ल्याउनेलाई कांग्रेसले गर्यो कारबाहिको मग

भोजपुर । लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र सामाजिक संजालमा ल्याउनेलाई कारवाहि गर्न नेपाली कांग्रेस भोजपुरले आग्रह गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति र नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा केन्द्रिय प्रचारप्रसार समितिका सदस्य उमेशजंग रायमाझीको हस्तक्षेरित प्रेस विज्ञाप्तीमा कांग्रेसको झन्डा र चुनाव चिन्ह अंकित लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीच फाटो ल्याउने र आम मतदाताहरूलाई भ्रमित बनाउने कुकृत्य र गैरराजनीतिक कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको लेखिएको छ ।

हारबाट अतालिएर गरिएको अराजनीतिक हर्कतप्रति खण्डन गर्दै यस्तो शैलीप्रति घोर आपत्ति जनाउदै यसका योजनाकार पत्ता लगाई हदै सम्मको कार्बाही गर्न निर्वाचन आयोगलाई माग गरेको छ ।

नेपाली कांग्रेसका आम पार्र्टी पंति र गठबन्धनका सबै सहयात्रीहरुमा तथाकथित भ्रमलाई एक ढिक्का भएर चिर्न र खारेज गर्न साथै गलत अफवाहको पछि नलाग्न र भ्रमित नहुन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार