भोजपुरमा ५०.३ प्रतिशत मत खस्यो

भोजपुर । भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ५०.३९९ प्रतिशत मत खसेको छ । भोजपुरमा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।

मतदान केन्द्रहरुबाट मुचुल्का उठाएर मतपेटिका ल्याउने कामको प्रक्रिया सुरु गरी सदरमुकाम ल्याउने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सवै केन्द्रबाट भोली विहान ९ वजे सम्म मतपेटिका ल्याईसक्ने बताएका छन् ।

सवै केन्द्रका मत पेटिका जिल्ला ल्याए पछि सर्वदलिय वैठक बसी मतगणना तत्काल सुरु गर्ने घिमिरेले बताए ।
उनले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनितिक दल, पत्रकार अन्य संघसंस्था र कर्मचारीहरुलाई धन्यबाद समेत दिएका छन् ।

भोजपुरमा प्रतिनिधी सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र भएको भोजपुरमा एक लाख २३ हजार ३ सय ७९ मतदाता रहेका भोजपुरमा १ सय ५७ मतदान केन्द्र रहेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार