भोजपुरमा म्यादी प्रहरीलाई प्रमाण पत्र सहित विदाई गरियो

भोजपुर । भोजपुरमा म्यादी प्रहरीलाई आज जिल्ला प्रहरी कार्यालय भोजपुरले कदर तथा प्रशंसा पत्र सहित बिदाई गरेको छ ।

गत मंशीर ४ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको लागि ८ सय ५८ म्यादीलाई खटाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।

नेपाल प्रहरीका जवानले पाए सरहको सेवा सुबिधा पाउने शर्तमा म्यादी प्रहरी बनेका उनिहरूलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले एक कार्यक्रम गरि प्रशंसा पत्र सहित बिदाई गरेको हो ।

निर्वाचनका लागि भोजपुरमा सशस्त्र, नेपाली सेना, म्यादी प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको थियो । भोजपुरमा निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न गराउन सहयोग गरेकोमा जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले धन्यबाद समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार