नेपाल लाइफ इन्स्योरेन्सको सम्मान तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

भोजपुर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भोजपुर उपशाखाको उत्कृष्ट एजेन्सी मेनेजर सम्मान तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न भएको छ । भोजपुर उपशाखा प्रमुख दीपक बस्नेतको अध्यक्षता तथा कम्पनीका पुर्वाञ्चल प्रमुख अमरेन्द्र कुमार कर्णको प्रमुख आतिथ्यतामा कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रममा २६ जना उत्कृष्ट एजेन्सी मेनेजरहरुलाई सम्मान गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स भोजपुर उपशाखा आर्थिक वर्ष २०७८,०७९ मा पुर्वाञ्चल उपशाखा मध्ये प्रथम हुन सफल भएको छ । त्यस अवसरमा कम्पनीका पुर्वाञ्चल प्रमुख अमरेन्द्र कुमार कर्णले उपशाखा प्रमुख दीपक बस्नेतलाई सम्मान पत्र प्रदान गर्नु भएको छ ।
कार्यक्रममा कर्मचारी कविन्द्र श्रेष्ठ, पुष्प बस्नेत, अनिल बस्नेत तारानाथ पराजुली, विजय कुमारी तामाङ, रामदेवी राई, गिता पाण्डे, लक्षमण पाण्डे लगायत २६ जना सम्मानित हुनु भएको छ ।
कार्यक्रममा एजेन्सी मेनेजर,व्यवसाय संयोजकहरु अभिकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार