नेपाल तामाङ घेदुङ भोजपुर नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट तामाङ सर्वसम्मत चयन

भोजपुर । नेपाल तामाङ घेदुङ भोजपुर नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । नगर घेदुङका अध्यक्ष दुर्ग घिसिङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य गोपाल मोक्तानको प्रमुख आतिथ्यतामा अधिवेशन आइतबार सम्पन्न भएको हो ।
अधिवेशनबाट नगर घेदुङको अध्यक्षमा सुनाकला तामाङ सर्वसम्मत चयन हुनु भएको छ । उपाध्यक्षमा लक्ष्मी तामाङ र लक्ष्मण तामाङ, सचिवमा सुशिला तामाङ, सह सचिवमा कुमारी तामाङ चयन हुनु भएको नव निर्वाचित अध्यक्ष सुनाकला तामाङले जानकारी दिनु भयो । यस्तै कोषाध्यक्षमा दान बहादुर तामाङ, सदस्यहरुमा शान्ती तामाङ, अमृत तामाङ, मिन बहादुर तामाङ, सन्तोषी तामाङ लगायत १७ सदस्य समिति चयन गरिएकोे छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङकी उपाध्यक्ष लिला तामाङ, जिल्ला अध्यक्ष कर्ण मोक्तान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार