पाँचथरमा आगलागी, दुईको मृत्यु, दुई घाईते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी मेघबहादुर सहित २ जना घाइते भएका छन् । मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे (गुरुङ)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरी खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए । ७ मध्ये २ जनाको ज्यान गएको २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको खतिवडाले जानकारी दिए ।

आगलागीबाट घरमा पूर्ण रुपमा क्षति भएको छ । रातको साढे एकवजेबाट आगलागी सुरु भएको थियो । स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिने प्रयास गगरेका थिए।

आगलागीबाट ५० लाख भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार