प्रदेश १ : निवर्तमान मुख्यमन्त्री राईले सरकारी निवास छाडे

विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन्। राईले आज बिहीबारबाट निवास छोडेको सामाजिक संजालमार्फत जानकारी गराएका हुन्। उनले निवास छोड्न दुई दिन ढिला भएका कारण माफीसमेत मागेका छन् ।

विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन् ।

उनले लेखेका छन्, ु२५ गते साँझसम्म शपथ कार्यक्रममा व्‍यस्त, २६ गते संसद्, सभामुखको उमेद्वारीको प्रक्रियामा व्‍यस्त, आफ्नो कार्यालय, सचिवालय, निवासका कर्मचारी, सुरक्षाकर्मी, सहयोगीसँग बिदाइ कार्यक्रम, २७ गते फुर्सद र तयारी र २८ गते बिहान ११ बजे निवासबाट बिदा भएका छन्।

उनले सरकारी सवारी साधनको सुविधा मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाट नै लिन छाडेको कुरा जानकारी गराएका छन्।

राई २०७८ कात्तिक १६ गते प्रदेश १ को तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार