भोजपुरको विद्योदय माविमा विद्यालय व्यावस्थापन समिति सदस्य चयन गर्न निर्वाचन

भोजपुर । भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा व्यावस्थापन समिति सदस्यका चयन गर्न निर्वाचन गरिएको छ । विद्यालय व्यावस्थापन समितितिका लागि छलफबाट सहमति नजुटे पछि दुई सदस्यकाका लागि मतदान गरिएको हो ।

मतदानबाट अनिल बस्नेत र सुमन श्रेष्ठ विजयी भएका छन् । जम्मा २ सय ५ मत खसेकोमा अनिल बस्नेतले १ सय २६ मत र सुमन श्रेष्ठले ९३ मत प्राप्त गरेका छन् ।

२ जना महिला सदस्य पुस २२ गते वसेको अभिभावक भेलाले सर्वसम्मत रुपमा चयन गरिसकेको छ भने वाकी १ जना वडा अध्यक्ष, १ जना विद्यालयको प्रध्यानध्यापक, शिक्षकबाट १ जना र २ जना मनोनित सदस्य गरी ९ सदस्यीय समिति बन्नेछ ।

विद्यालय व्यावस्थापन समितिको अध्यक्ष भने ७ सदस्य समितिबाट चुनिने विद्यालयका प्रध्यानध्यापक शिवनाथ ठाकुरले जानकारी दिए । आज भएको निर्वाचनमा ४ जनाले प्रतिश्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार