अरूण गाउपालिकाको केन्द्र मर्याङडाडामा तोकेपछि प्याउलि बजारबासि आन्दोलित

भोजपर । भोजपुरको अरूण गाउँपालिकाको केन्द्रका लागि जग्गा छनौट गर्ने निर्णय भएपछि विवाद भएको छ । निर्णयपछि  गाउँपालिका अध्यक्ष सालिगराम खत्रि,उपाध्यक्ष विनिता ढकाल लगायत सदस्यलाई तालाबन्दि गरिएको छ ।

आज बसेको कार्यपालिका बैठकले सर्वसम्मत निर्णय हुन नसकेपछि बहुमतको आधारमा अरूण गाउपालिकाको कार्यालयका लागि जग्गा छनौट गरिएको थियो ।

गाउँपालिकको केन्द्र प्याउलि बजार भन्दा २ किलोमिटर टाढा मराङडाडामा हुनेभएपिछ स्थानिय बजार बासि आक्रोशित बनेका हुन । कार्यपालिकाको बहुमतको निर्णय भएकोमा बजारवासिले विरोध गर्दै तालाबन्दि गरेको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनु भयो ।

स्थानिय प्याउली बजार वासि पुर्ण श्रेष्ठले भने गाउँपालिकाका जनप्रतिनिधि प्रभाव र दवावमा परेर गलत निर्णय गरेका कारण विरोध स्वरूप तालाबन्दि गरेको बताउनु भयो । अहिले सुरक्षाकर्मि पुगि समन्वय भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार