भोजपुरमा रहेको ऐतिहासिक निशान भगवती मन्दिर सहायक रथी थापाद्धरा उद्घाटन

अर्जुन बस्नेत

भोजपुर । भोजपुरको ऐतिहासिक निशान भगवती मन्दिरको उद्घाटन भएको छ । ऐतिहासिक मन्दिर पुनः निर्माण सम्पन्न भए पछि सहायक रथी मनोज कुमार थापाले सेना दिवसको अवसरमा शनिवार उद्घाटन गरेका हुन् ।

नेपाल एकिकरणको समयमा पृथ्वी नारायण शाहले १८२६ तिर स्थापना गरेको यो मन्दिरको नेपाली सेनाको पहलमा पुनः निर्माण गरिएको हो । मन्दिरको २१ लाख २६ हजार ४ सय ५४ रुपैँया लागतमा पुनः निर्माण सम्पन्न भएको फष्ट राईफल गण भोजपुरका गणपति विश्वनाथ तिमल्सीनाले बताए ।

नेपाली सेनाबाट १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्थ तथा मन्दिर व्यवस्थापन समिति ५ लाख ४५ हजार र बाँकी गणको आन्तरिक श्रोतबाट खर्च गरिएको गणपति तिमल्सीनाले बताए । सेना दिवसको अवसरमा मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी महेश कुमार थापाले सेनाले पौराणिक महत्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षण गरिएको नेपाली सेनाका सहयक रथी महेश कुमार थापाले बताए ।

गुल्मले भोजपुरबाट सिरहा जिल्लामा निशान लैजान हेलिकप्टरमा चढाईसके पश्चात हेलिकप्टर स्टार्ट नभएकोले निशान पुनः हेलिकप्टरबाट ओराली विधिवत रुपमा पुजा गरी निशान पुनः भोजपुरको निशान घरमा राखे पश्चात हेलिकप्टर स्टार्ट भएकोले निशानलाई भोजपुरमा नै छाडी हेलिकप्टर फिर्ता लगिएको थियो ।

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले मन्दिरको निर्माणमा नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताउदै मन्दिरको पूर्ण स्वामित्व लिन नगरपालिका तयार रहेको बताए । इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनु पर्ने मेयर आलेको भनाइ छ ।

गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य रुपमा पुजा आजा हुने गरेपनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुदै आएको स्थानीय जानकारको भनाइ छ । मन्दिरमा चाँडै निशान भगवती स्थापना गरिने भएपछि स्थानीय थप उत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार