राष्ट्रपति कांग्रेसलाई दिँदा राष्ट्रिय सहमति हुन्छ : मन्त्री किराँती

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन्।

उद्योग बाणिज्य संघ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्धन र बिकास बिषयम अन्तरिक्रयामा सहभागी हुदै मन्त्री किराँतीले दलहरुका बिचमा पदको बाँडफाँड भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिदाँ पनि फरक नपर्ने बताए ।

किराँतीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नु पर्ने बताएका हुन । नयाँ राष्ट्रपतिका लागि दलहरुका बिचमा सरगर्मी बढी रहदाँ मन्त्री किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनु पर्ने बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको पनि दावी गरे ।

राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरुपमा अगाडी बढने मन्त्री किराँतीको धारणा रहेको छ । सोहीक्रममा उद्योगी ब्यवसायीहरुले राखेका मागका बिषयमा बोल्दै मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको पनि बताए ।

नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ मन्त्री किराँतीले भने, “अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार