प्रदेश १ सभा बैठक बस्दै, प्रदेश नामकरणकाे प्रस्ताव पेस हुने

मोरङ । पहिलो प्रदेशसभाले थाती राखेर गएको प्रदेश १ को नामकरण बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएको छ । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिका सदस्य कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले प्रदेशसभामा नामकरण प्रस्ताव हुने बताएका छन् ।

प्रदेश सांसदहरूले सुरूदेखि नै नामकरणका लागि दबाब दिन थालेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले आन्तरिक सहमति गरेर प्रदेशको नाम झकोसीझ प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार